• १९ साउन २०८२, सोमबार

पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

blog

पहिरोमा परी क्षति पुगेको गाडी ।

प्रतीक शर्मा इच्छुक

सल्यान, साउन १८ गते । राप्ती राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग आइतबार बेलुकी ७ बजेदेखि अवरुद्ध भएको हो । 

कपुरकोट गाउँपालिका –३ चोरखोला आसपासमा ठुलो पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । अहिले यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन् । पहिरोमा परी एक गाडीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वैकल्पिक मार्गमा समेत गाडी चल्न नसक्ने भएपछि यात्रुहरु थप समस्यामा परेका छन् । 

राप्ती लोकमार्गको दाङ्ग–सल्यान सडक खण्डअन्तर्गत चोरखोला नजिकै सडकको माथिबाट आएको पहिरोले भे १ ज १५३६ नम्बरको गाडीमा क्षति पुगेको छ । गाडीमा रहेका सबै यात्रु सकुशल  छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीले राप्ती राजमार्ग चोरखोलामा पहिरो खस्दा वाटो अवरुद्ध भएको र रात परिसकेकाले पहिरो हटाउन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘पहिरोले दिउँसो चार घन्टा जति राप्ती राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि ४ बजेतिर मात्र गाडी संचालनमा आएको थियो । ५ बजेपछि परेको पानीले फेरि पहिरो झर्दा राजमार्ग अवरुद्ध बनेको छ ।