अमरराज नहर्की
तनहुँ, साउन १८ गते। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
आइतबार दिउँसो ४ः२० बजे गोरखाबाट चितवनको नारायणगढ जाँदै गरेको बा. २ ख. १०७७ नम्बरको बस तनहुँको आंबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटना भएको हो।
बस मर्स्याङ्दी नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।
बस दुर्घटना भएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली परिचालन भएको छ।
दुर्घटनामा सात जना घाइते भएको र उनीहरूलाई आँबुखैरेनी अस्पतालमा उपचारका लागि पढाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रनाउ थापाले जानकारी दिनुभयो।