रामकृष्ण बोहरा
बागलुङ, साउन १८ गते । दलित युवा सञ्जाल बागलुङको अध्यक्ष राहुल बोहरा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । शनिबार अबेर सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट बोहरासहितका पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।
सञ्जालको वरिष्ठ उपाध्यक्षमा रमेश बोसेल, उपाध्यक्षमा शकुन्तला थापा बोसेल, गीता थापा किसान, हर्कबहादुर विक, महिला उपाध्यक्षमा प्रिया किसान, महासचिवमा हरि रुचाल, सचिवमा नगेन्द्र बोहरा, सह–सचिवमा कविन्द्र बोहरा, कोषाध्यक्षमा शान्ति नेपाली, सह–कोषाध्यक्षमा भुवन बोहरा चयन हुनुभएको छ ।
यस्तै, सदस्यमा दीपक खेतीवाल, केशव हरिजन, राजु विक, रमेशलाल मिजार, राजेश किसान, चन्द्र दर्जी, अमृत परियार, गणेशबहादुर विक, दिपक सार्की, प्रकाश किसान, प्रदिप नेपाली, ग्यामबहादुर किसान, विक्रम परियार, हेम बोहरा, देवी किसान, रमेश परियार, राजेन्द्र बोहरा, शिव किसान, इन्द्र विक र रत्ने सार्की रहेको निर्वाचन समितिका सदस्य सिताराम रसाइलीले जानकारी दिनुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सदस्य गोविन्द नेपालीले दलित आन्दोलनको विरासत जोगाउने बेला आएको बताउनुभएको थियो । उहाँले भगतले राजनीतिदेखि माथि र विभेदको वास्तविक समस्या उठाएकोमा अहिले अभियान तितरबितर बनिरहेको बताउँदै ६० लाख दलितलाई एकताबद्ध गर्न सकेमा आन्दोलन पनि उचाइमा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
२०६८ सालमा स्थापना भए पनि विभिन्न कारणले सञ्जालले दोस्रो अधिवेशन ढीला गरेर अगाडि बढाएको छ । खेलकुद, सामाजिक कार्य तथा विभेद विरुद्धमा कार्यक्रम गर्दै सञ्जाल अगाडि बढेको छ । सञ्जाल स्थापनाताका धेरै क्रियाशील भए पनि संस्थाका मुख्य पदाधिकारी विदेश र अन्य क्षेत्रमा लाग्दा अभियान सुस्ताएको तर अब सक्रिय रूपमा अघि बढ्ने नवनिर्वाचित रमेश बोसेलले बताउनुभयो ।