वेलिङटन, साउन १८ गते । न्युजिल्यान्डकी एक महिलालाई सुटकेसभित्र बच्चा राखेर बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।
‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुर्व्यहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।
अकल्यान्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको थाहा पाएपछि प्रहरीलाई बोलाइएको थियो ।
ह्यारिसनले भन्नुभयो, “चालकले प्रहरीको अगाडि सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेट्टाएका थिए । सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन।”
ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसका यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।
बालिकालाई अस्तव्यत छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् ।
न्युजिल्यान्डका बालबालिका मन्त्री ओरङ्गा तामरिकीलाई यसबारे जानकारी दिइएको छ । रासस/एएफपी