• १७ असार २०८१, सोमबार

मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

blog

काठमाडौं, असार ६ गते । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुङ्गानाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनु भएको हो ।

आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाण्डे पक्राउमा परेका थिए ।

गत जेठ ४ गते घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० भिडियो क्लीप सार्वजनिक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

त्यसपछि प्रहरीले पाण्डेलाई जेठ ७ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।