• ६ साउन २०८२, मङ्गलबार

विपदजन्य घटनाबाट एक करोड १२ लाखभन्दा बढीको क्षति

blog

सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), साउन ६ गते ।
धनकुटामा गत आर्थिक वर्ष २०८१/०८२ मा विपदजन्य घटनाबाट करिब एक करोड १२ लाख २७ हजार पाँच सय रुपियाँ बराबरको जनधनको क्षति भएको पाइएको छ । धनकुटामा गएको आर्थिक वर्षमा विभिन्न विपदजन्य घटना बढीपहिरो, चट्याङ र आगलागीबाट ठूलो जनधनको क्षति भएको पाइएको हो ।

धनकुटामा गत आर्थिक वर्षमा तीन सय ३४ वटा पहिरोका घटना भएको पाइएको छ । पहिरोबाट तीन जनको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै ४७ वटा पशुचौपाय मरेका छन् । त्यस्तै एउटा सय ९२ वटा घर, २८ वटा गोठ र १० वटा विद्यालयमा भौतिक क्षति भएको पाइएको छ ।

यसैगरी, प्रहरी कार्यालय र सवारी साधन दुई/दुई वटा र १३ वटा अन्यमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जनाकारी दिनुभयो । उहाँका अनुसार प्रभावित घर सङ्ख्या एक सय ६७ वटा र विस्थापित घर सङ्ख्या २० वटा  छन् ।

त्यस्तै, विभिन्न समयमा धनकुटामा चट्याङबाट ६ वटा घटना भएका छन् । जसमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चार वटा पशुचौपाय मरेका छन् भने तीन वटा घर र एउटा गोठ क्षति भएको पाइएको छ । यस्तै प्रभावित र विस्थापित घर सङ्ख्या एक÷एक वटा रहेका प्रहरी प्रवक्ता डिएसपी खनालले जनाकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा आगलागीका ५४ वटा घटाना भएको छ । जसमा आगलागीबाट एकजना घाइते भएका छन् । यस्तै ११ वटा पशुपक्षी मरेका छन् भने १३ घर भौतिक क्षति भएका छन् । यसैगरी १४ वटा गोठ र २७ वटा वनमा भैतिक क्षति पुगेको छ । १२ घर परिवार विस्थापित भएका छन् भने १४ घरपरिवार प्रभावित भएका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।