• ७ साउन २०८२, बुधबार

२२ सय भन्दा बढीमा डेंगु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा

blog

काठमाडौँ, साउन ६ गते । पुस यता दुई  हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट दुई  हजार २१३ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार मनाङ, रसुवा, हुम्ला र डोल्पामा  डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा  छन् । गण्डकी प्रदेशमा ६१२ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, बागमतीमा ४८१, कोशीमा ४०२, लुम्बिनीमा ३६७, सुदूरपश्चिममा २७१, कर्णालीमा ४२ र मदेशमा ३८ जनामा डेंगु पुष्टि भएको डा दाहालले जानकारी दिनुभयो ।   

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।

त्यो बाहेक आँखाका उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्त हुने डेंगुका लक्षण हुन्।