• ७ साउन २०८२, बुधबार

जावलाखेलको पोस्ट्मा एपिएफको पाँच गोल

blog

बल खोस्ने प्रयास गर्दै एपिएफ र जावलाखेलका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, साउन ६ गते । एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ क्लबले जावलाखेल युथ क्लबमाथि सानदार जित निकालेको छ । 

एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा एपिएफले जावलाखेललाई ५–० गोलले हरायो । एपिएफको जितमा आदर्श मेचेले ह्याट्रिक गर्नुभयो । सुशान्त गौतम र असिम खड्काले एक एक गोल गर्नुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । 

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । 

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।