• २३ भदौ २०८१, आइतबार

हैजाको आशंकामा तीन जना टेकु अस्पतालको आईसीयूमा भर्ना

blog

फाइल तस्बिर

काठमाडौं, असार ५ गते। काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। 

आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो। तीनै जनालाई हैजाको आशंकामा भर्ना गरिएको अस्पतालका निर्देशक डा. मनिषा रावलले जानकारी दिनुभयो।

डा रावलका अनुसार  काठमाडौंका विभिन्न ठाउँबाट ६५, ५५  र २८ वर्षीय तीन जना हैजाका लक्षण लिएर आएपछि आईसीयूमा भर्ना गरिएको हो। 

उहाँहरुलाई हैजा भए नभएको पुष्टि गर्न थप परीक्षणका लागि पठाएको डा रावले जानकारी दिनुभयो। 

प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन डा. रावलले आग्रह गर्नुभएको छ। 

आइतबार अस्पतालमा भर्ना भएका बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो।  दिसाको कल्चर गर्दा  हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।