• ५ साउन २०८१, शनिबार

बनेन रेल्वेस्टेसन, बन्यो ‘हब’

blog

गणेश पौडेल

पर्वत, असार ४ गते । तत्कालीन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँड्नुभयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गर्नुभएको थियो ।

२०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले  ताली बजाए । वाम गठबन्धनको झन्डै दुई तिहाइ ल्याएर उहाँ प्रधानमन्त्री पनि बन्नुभयो तर कुस्मामा रेल्वेस्टेसन बनेन, न त पोखरा–बेनी रेल नै चल्यो । 

त्यसभन्दा पनि कुस्मा अहिले साहसिक पर्यटनका लागि देशकै मुख्य आकर्षणको केन्द्र बनेको छ । पर्वत आन्तरिक तथा बाह्य पर्यटकका लागि साहसिक पर्यटनको आकर्षणको केन्द्र त बन्दैछ, यो राजनीतिक तनाव कम गर्ने गन्तव्य पनि बनेको छ । प्रतिनिधि सभाको बैठकमा २०७८ फागुन १२ गते अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने कार्यक्रम थियो । तर राजनीतिक सहमति नबनेको र नेकपा ९माओवादी केन्द्र० मा नै यसबारे द्वन्द्व रहेका कारण कार्यसूची रहेको भए पनि उहाँ पत्नीसहित झोलुङ्गे रेस्टुरेन्टमा भुल्नुभएको थियो ।

त्यसयता कुस्माको साहसिक पर्यटन पूर्वाधारको अरू प्रचार भएको छ । खासमा मोदी र कालीगण्डकीको खोँचका कारण छिमेकी गाउँबाट सदरमुकाम कुस्मा आउन जानसमेत समस्या हुने ठाउँमा विसं। २०६४ मा नेपालकै अग्लो÷लामो पुलको निर्माण भएको थियो । त्यसपछि पुल अवलोकन गर्न आउने पर्यटक केही बढेका थिए । पछिल्लो समय अन्य साहसिक खेलका पूर्वाधार तयार भएपछि त पर्वत त्यसको ‘हब’ नै बनेको हो । 

अहिले पर्वतमा नेपालकै नमुना आधा दर्जन अग्ला पुल, बन्जीजम्प साथै जिपलाइन र अन्य थुप्रै साहसिक पर्यटनका संरचना निर्माण भएका छन् । त्यसैले अहिले कुस्मा पोखरा–मुस्ताङ यात्रा गर्ने पर्यटकको स्टेसन बनेको छ ।संरचनामध्ये नमुना बन्जिजम्प हो । निजी क्षेत्रको लगानीमा ‘द क्लिफ’ नामको कम्पनीले कुस्मा–बलेवा जोड्ने अग्लो पुल बनाएर बन्जी जम्प सञ्चालनमा ल्याएको छ । लम्बाइ ५३५ मिटर र उचाइ २२५ मिटर रहेको सम्पूर्ण संचनाको लागत करिब २८ करोड पुगेको दल क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।  

बन्जीसँगै पुलबाट हामफाल्ने साहसिक खेल स्विङ, पुलपारि रिसोर्ट, अग्लो भीरमा स्काई साइकलिङ, स्काई क्याफे, स्काई चियर्स, गुलेली शैलीको पिङलगायत थुपै खेल संरचना निर्माण भएका छन् । एउटा संरचना निर्माण गर्दा त्यसले अरू व्यवसायलाई पनि प्रोत्साहन गरेको र धेरैलाई रोजगारीसमेत दिनु जिल्लाकै लागि महìवपूर्ण भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । 

यी सबै संरचनाले पर्वतलाई विश्व समुदायमा परिचित बनाएको छ । यसले धेरै नयाँ व्यवसाय प्रवद्र्धन गर्नुका साथै थुप्रैलाई रोजगारीसमेत दिएको छ । यो जिल्लाकै लागि महìवपूर्ण भएको अध्यक्ष अधिकारीले बताउनुभयो । 

यस्ता छन् पूर्वाधार 

निजी क्षेत्रको लगानीमा केबलकार मोडेलको यान्त्रिक पुल पनि यहाँ निर्माण भएको छ । कुस्मा–बलेवा जोड्ने यस पुलको व्यावसायिक सञ्चालनले कुस्मालाई छिमेकी बागलुङका दुईभन्दा धेरै स्थानीय तहहरू पनि जोड्छ । दुई घन्टाको पैदल यात्रालाई केवलकार मोडेलको यो यान्त्रिक पुलले करिब पाँच मिनेटमै झारिदिएको छ । दैनिक सयौँ यात्रु यस पुलबाट ओहोरदोहोर गर्छन् । गुलेली शैलीको पिङ

यो पिङ फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पनि विशेष चर्चामा छ । कम्पनीका अनुसार पिङ गुलेली शैलीमा निर्माण गरिएको छ । अरू पिङमा अरूले हल्लाइदिने वा आफैँ मच्चाएर खेल्नुपर्ने हुन्छ तर यसमा भने खेल्ने मान्छे पिङमा बसेपछि मेसिनले तानेर छाडिदिन्छ । पिङ मच्चिएर खोँचमाथि पुग्दा ‘थ्रिल’ महसुस हुन्छ । रक क्लाइम्बिङ, क्यानोनिङलगायत साहसिक खेलमा प्रयोग गरिने अन्तर्राष्ट्रिय गुणस्तरको डोरीबाट दक्ष प्राविधिकले डिजाइन गरी पिङ निर्माण गरिएको सञ्चालक कार्कीको दाबी छ ।

स्काई साइक्लिङ

स्काई साइक्लिङ केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारीमा छ । यो कालिगण्डकी खोँचको २२८ मिटर उचाइमा हुनेछ । विश्वकै अग्लो उचाइमा रहेको साइक्लिङको लम्बाइ तीन सय मिटर छ । कार्कीका अनुसार यसमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न सक्छन् । स्काई साइक्लिङमा साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैँ फिक्स ह्यान्डल भएको साइकललाई रोपमा कुदाइने उहाँले जानकारी दिनुभयो । 

जिपलाइन

कुस्मामा करिब तीन महिनाअघि जिपलाइन सञ्चालनमा आएको छ  । स्थानीय युवा व्यवसायीको लगानीमा एक हजार ४८० मिटर लामो जिपलाइनसहित थुप्रै साहसिक पर्यटनका खेल एकसाथ सञ्चालनमा छन् । हार्नेस जिपलाइनले साहसिक पर्यटनमा रमाउन चाहनेका लागि लक्षित गरेर मुलुककै लामो जिपलाइन सञ्चालनमा ल्याएको हो । कुस्मा नगरपालिका–४, चाक्लेको डिलबाट सुरु हुने जिपलाइन कालीगण्डकी नदी किनारमा पुगेर टुङ्गिन्छ । कम्पनीका निर्देशक राजकुमार बस्नेतका अनुसार कालीगण्डकीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको जिपलाइनबाट भीरको कहालीलाग्दो दृश्यावलोकनको मज्जा लिन सकिन्छ । 

सिसैसिसाको पुल

कुस्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको सिसैसिसाको स्काई ब्रिज नेपालकै यस प्रकारको पहिलो रहेको र पर्यटकका लागि आकर्षक रहने लगानीकर्ताहरूको दाबी छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिनसक्ने गरी पुल बनेको छ ।