• ५ साउन २०८१, शनिबार

उपभोक्ता समिति अध्यक्षसहित ६ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असार २ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ जनाविरुद्व ३६ लाख ४९ हजार ८९९ रुपियाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका तेम्बाथान मोटरबाटो निर्माणका क्रममा रकम हिनामिना भएको भन्दै जिल्लाका तात्कालीन प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव-इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बाटो निर्माण क्रममा मापदण्ड विपरीत हचुवाको भरमा काम गर्ने, गराउने र यसमा जनप्रतिनिधि, कर्मचारी र समितिको मिलेमतो भएको उजुरी सम्बन्धमा भएको अनुसन्धानपछि मुद्दा दायर भएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम काठमाडौंको विशेष अदालतमा बिहीबार आरोपपत्र दायर भएको हो। आरेपपत्रमा सम्झौता कागजातमार्फत समितिलाई भुक्तानी नभएको, सम्झौता कार्यादेशको ठाडै बर्खिलाप् गरी इन्धन खर्चमा बद्नियतपूर्वक भ्रष्टाचार गरेको उल्लेख गरिएको छ।