• ५ साउन २०८१, शनिबार

एक अर्ब पर्ने लागूऔषधसहित सात विदेशी पक्राउ

blog

तस्बिर : सुजन गुरुङ्ग

काठमाडौं, असार २ गते । लागूऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड मूल्यको ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विभिन्न स्थानबाट ५१ केजी हेरोइनसहित सातजना दक्षिण अफ्रिकन महिलालाई पक्राउ गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी हेरोइनमध्ये ४९ किलो सेतो र दुई किलो खैर रहेको जानकारी दिएको छ ।


पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्साबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केल तान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजना कोफ र मार्लिज बोडेनहोस्ट रहेका छन् ।

पक्राउ परेका सबैजना उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट साता दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।