• ८ जेठ २०८२, बिहिबार

‘सम्पदा प्रवर्धनमा सङ्ग्रहालयको भूमिका महत्वपूर्ण’

blog

काठमाडौँ, जेठ ७ गते । ऐतिहासिक सम्पदा, चित्रकला, मूर्त-अमूर्त सम्पदासम्बन्धी विविध कार्यव्रmमसहित तीनदिने अन्तर्राष्ट्रिय विश्व सङ्ग्रहालय दिवस सम्पन्न भएको छ । सङ्ग्रहालयसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल काउन्सिल अफ म्युजियम (आइकम) ले सन् १९७७ देखि मे १८ लाई विश्व सङ्ग्रहालय दिवस घोषणा गरी मनाउँदै आएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाली सङ्ग्रहालयसम्बन्धी विभिन्न विकास समिति र पुरातत्व विभागको सहकार्यमा नेपालमा पनि विश्व सङ्ग्रहालय दिवसका सन्दर्भमा दिवस मनाइएको हो । यस वर्ष ‘तीव्र परिवर्तनशील समाजमा सङ्ग्रहालयको भविष्य’ भन्ने नारासहित विश्वभर सङ्ग्रहालय दिवस मनाइएको हो ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ज्ञान, सिप, सभ्यता र इतिहासका साक्षी बनेका सम्पदाहरूको सङ्ग्रह हुने स्थल सङ्ग्रहालयको प्रवर्धनले देशको पहिचानको परिचय गराउने बताउँदै सङ्ग्रहालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तीव्र गतिमा बदलिइरहेको समाजको अपेक्षा अनुसार सङ्ग्रहालयले आफ्नो गरिमा बचाउन र सम्पदाको प्रवर्धनका लागि दिवसका अवसरमा मात्र होइन; बर्सैभरि सम्पदा, कलाको क्षेत्रमा सिर्जनात्मक कार्यव्रmम सञ्चालन गर्दै जान आग्रह गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर बन्न आवश्यक सूचकमा सङ्ग्रहालय पनि एक हो भन्दै पाटन दरबार सङ्ग्रहालय महानगरको जिम्मेवारीमा ल्याउने पहल भइरहेको बताउनुभयो ।  

सङ्ग्रहालय दिवसका अवसरमा रातो मत्स्येन्द्रनाथको जात्रा, देवताको महत्व सम्बन्धमा विद्यावारिधिका लागि शोधपत्र तयार गरेका डा. विधु कायस्थले अमूर्त सम्पदा रातो मत्स्येन्द्रनाथको जात्राबारे चर्चा गर्नुभयो । कलाकार सुशीला सिंहले पाटन दरबार सङ्ग्रहालयमा मत्स्येन्द्रनाथको रथ बनाउने व्रmम र विधिका चित्रकला प्रदर्शनी गर्नुभएको थियो । विश्वमा १७ आँै शताब्दीदेखि सङ्ग्रहालय स्थापना भई हाल एक लाखभन्दा बढी सङ्ग्रहालय खुलेका छन् । देशको आर्थिक समृद्धि हासिल गर्न सङ्ग्रहालयको महŒवपूर्ण भूमिका रहँदै आएको छ । 

यस वर्ष नेपालमा विश्व अन्तर्राष्ट्रिय दिवस मनाउने व्रmममा रातो मत्स्येन्द्रनाथसम्बन्धी फोटो प्रदर्शनी, गाइड टुरको सुरुवात, लोँहचोक, हुनमानढोका दरबारमा चित्रकला प्रदर्शनी गरिएको थियो । त्यसै गरी प्राचीन तिलौराकोट राजप्रासाद भ्रमण पनि गराइएको थियो । नेपालमा ऐतिहासिक, 

धार्मिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण मूर्त-अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनका लागि  राष्ट्रिय सङ्ग्रहालय छाउनी, हनुमानढोका दरबार सङ्ग्रहालय, पाटन दरबार सङ्ग्रहालय, राष्ट्रिय कला सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना गरिएका छन् । 

त्यसै गरी गोरखा दरबार सङ्ग्रहालय, पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालय, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, कपिलवस्तु सङ्ग्रहालय र देशभर जातीय÷धार्मिक र स्थानीय कला सम्पदाको संरक्षणका लागि विभिन्न जातीय सङ्ग्रहालयसमेत स्थापना गरिएका छन् । ती सङ्ग्रहालय पर्यटक आकर्षणको मुख्य गन्तव्यका रूपमा विकास हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुगेका छन् ।