• ११ मंसिर २०८२, बिहिबार

एमाले तनहुँमा प्रतिनिधि छनोटमा प्रतिस्पर्धा

blog

नेकपा एमाले तनहुँको पार्टी कार्यालय । तस्बिर ः– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ११ गते । नेकपा (एमाले) को आगामी मङ्सिर २७ गतेदेखि सुरु हुने एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया तीव्र बन्दैगएको  छ । प्रतिनिधि चयन मङ्सिर १३ गते गर्ने पार्टी निर्णय सार्वजनिक भएपछि विभिन्न तह–स्तरका आकाङ्क्षी नेताहरू मतदातासँग भेटघाट र सम्पर्क अभियानमा सक्रिय बनेका छन् ।

प्रतिनिधि छनोट सुविधा क्षेत्र १ मा डुम्रेस्थित उद्योग वाणिज्य सङ्घको कार्यालय तथा क्षेत्र २ मा खैरेनीटार खानेपानी उपभोक्ता संस्थाको कार्यालय तोकिएको छ । दलित तर्फका प्रतिनिधि छनोटका लागि जिल्ला पार्टी कार्यालयमै कार्यक्रम सञ्चालन हुने छ ।

क्षेत्र नं. १ बाट २ खुला, २ महिला र १ युवागरी ५ जना तथा क्षेत्र नं. २ बाट ३ खुला, २ महिला र १ युवा गरी ६ जना प्रतिनिधि चयन हुने छन् । दलिततर्फबाट १ जना प्रतिनिधि मनोनयन गरिने छ । हालसम्म प्रतिनिधि छनोटका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं. १ को खुलातर्फ हरिराज कँडेल, कृष्णराज ढकाल, अनिल पाण्डे, श्रीराम कार्की, ऋषिराम भुषाल, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, गोविन्दप्रसाद अधिकारी, पूर्णबहादुर गुरुङ, प्रेमकुमार राना, प्रदिपराज अधिकारी र वासुदेव पुडासैनी प्रतिस्पर्धामा छन् । 

महिलातर्फ सीता पाण्डे, विन्दु बस्नेत, मनुमाया श्रेष्ठ, देवु विष्ट, वेदकुमारी वाग्ले, वसुन्धरा घर्ती र फूलमति थापा उम्मेदवार बनेका छन् । युवातर्फ मदन तिमिल्सिना, सोमबहादुर तामाङ, विरबहादुर लामा (चिज), अजित पन्थ, रामप्रसाद सापकोटा, अमिर गुरुङ, सुजन आचार्य र सुरु कुमालले दर्ता गरेका छन् ।

क्षेत्र नं. २ को खुलातर्फ खिमबहादुर महत क्षेत्री, श्यामराजा महत, विष्णुभक्त सिग्देल, आनन्दसुन्दर श्रेष्ठ, कमल ढकाल, मुक्तिनाथ तिमिल्सिना, दीर्घबहादुर थापा, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, दलराज थापा, होमबहादुर थापा, राजेश्वर ढकाल, श्रीप्रसाद श्रेष्ठ, निरोज खनाल, नारायण खनाल, हर्कबहादुर गुरुङ, सूर्यबहादुर गुरुङ र लक्ष्यण पौडेल उम्मेदवार छन् ।

महिलातर्फ विष्णुकुमारी अधिकारी पराजुली, विष्णुमाया श्रेष्ठ, विर्सना श्रेष्ठ, रत्नादेवी घिमिरे, सानुमाया महत र फूलमाया वाग्ले प्रतिस्पर्धामा छन् । युवातर्फ आरके पोख्रेल, उज्ज्वल खनाल, इमानसिंह सार्की र खिमबहादुर कुमालले दर्ता गराएका छन् । जिल्ला दलिततर्फ बाबुराम सुनार, मिठुमाया गन्धर्व, दीपक खाती, मनोज सुवर्णकार, भरत लामगादे र मोहन सुनार उम्मेदवार बनेका छन् । 

पार्टीले सकभर सहमतिमै प्रतिनिधि टुङ्गो लगाउने प्रयास भइरहेको छ । सहमति नजुटेमा मङ्सिर १३ गते मतदानमार्फत प्रतिनिधि चयन गरिने एमाले तनहुँका सचिव प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

महाधिवेशन आयोजकको हैसियतमा किरण गुरुङ, टुकराज सिग्देल, केदार सिग्देल, भगवती न्यौपाने र सविता रसाइली स्वतः प्रतिनिधि रहनेछन् । प्रतिनिधि छनोट अन्तर्गत अन्तिम नामावली बिहीबार प्रकाशित गरिने एमाले तनहुँले जनाएको छ ।