• ७ जेठ २०८१, सोमबार

माओवादी केन्द्रीय समितिको बैठक असार १५ गते बस्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्य समितिको बैठक असार १५ गते बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले काठमाडौंमा बस्ने सो बैठकमा मुख्यगरी पार्टी संगठन, कार्यविभाजनका विषयमा छलफल हुने बताइएको छ ।

“बैठकमा संगठन, कार्यविभाजन, स्थायी समिति, केन्द्रीय समितिलाई पूर्णता दिने काम बाँकी छ । यसैगरी, पोलिट्ब्यूरो समिति र पार्टी प्रवेश गरेकाहरुको जिम्मेवारीको विषय छ”, केन्द्रीय समितिको बैठक यिनै विषयमा केन्द्रीत हुने ढकालले बताउनुभयो ।

बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा हुने उहाँले बताउनुभयो । आगामी हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीबारे पनि छलफल हुने बताइएको छ । 

पछिल्लो समय, गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) ले पार्टीको मन्त्रीहरु हेरफेर गर्ने निर्णयको दबाब माओवादीमा पनि परेको भन्ने विषयमा यसबारे पार्टीमा कुनै पनि छलफल नभएको उहाँले बताउनुभयो । “त्यस्तो केही होइन, छलफल चलेको छैन । यदि त्यस्तो भयो भने त्यसबारे पनि केन्द्रीय समितिको बैठकमा छलफल होला”, उहाँले भन्नुभयो ।