• १३ साउन २०८१, आइतबार

११ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

blog

काठमाडौं, जेठ २६ गते । झापाकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

मेचीनगर नगरपालिका १३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मङ्गलबार राति जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

त्यस्तै गरी ललितपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका २६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका ३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । 

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।