• २८ वैशाख २०८१, शुक्रबार

नेपाल पर्वतारोहण सङ्घकाे निर्वाचन जेठ २७ मा

blog

काठमाडौं, जेठ २५ गते । नेपाल पर्वतारोहण सङ्घको केन्द्रीय नेतृत्व चयनका लागि जेठ २७ गते निर्वाचन हुने भएको छ । कोभिड–१९ महामारीका कारण केही वर्षपछि सरेको सङ्घको अधिवेशनकाे सुरु भएको छ । 

नयाँ नेतृत्व चयनका लागि मङ्गलबार नै उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेकाे छ । अध्यक्षका लागि निमानुरु शेर्पा र राजेन्द्र मान श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ भने महासचिवका लागि आङपेम्वा शेर्पा र मोहन लम्सालले मनोनयन दर्ता गराउनुभएको छ । त्यसै गरी कोषाध्यक्ष पदका लागि फुरग्याल्जेन शेर्पा र मुक्ति पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ । 

निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने जेठ २७ गते प्रज्ञा भवन कमलादीमा बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत गोकुलप्रसाद बुर्लाकोटीले जानकारी दिनुभयो । 

सङ्घको नेतृत्वका लागि साझा उम्मेदवारका लागि पहल भए पनि केही उम्मेदवार पार्टीगत रुपमा प्रस्तुत भएर मनोनयन दर्ता गराएका छन भने माया शेर्पासहितको नेतृत्वमा स्वतन्त्र आरोही  र व्यवसायीको समूहले छुट्टै रुपमा मनोनयन दर्ता गराएका छन् । 

पर्वतारोहीहरु सहभागी रहेको नेपालकै ठूलो संस्थामध्ये  यस सङ्घले हाल नेपालका २७ वटा साना हिमालहरुबाट राजस्व सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।