• ३ असार २०८१, सोमबार

बालकको शव १५ दिनपछि भेटियो

blog

केशवचन्द्र महरा 

दिपायल, जेठ २२ गते । डोटीस्थित सेती नदीमा बालकको शव फेला परेको छ । आइतबार जिल्लाको दिपायल सिलगढी नगरपालिका –४ स्थित रेडियो नेपाल नजिकको सेती नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार अछामको कमल बजार नगरपालिका –६ का सुरेन्द्र शाहीका १८ महिने बालक सुजङ्ग शाहीको शव फेला परेको हो । शव फेला परेपछि बालकका परिवारलाई खबर गरेर बोलाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । 

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस शिखर नगरपालिका –१ गेरुपानी सडकखण्डमा जेठ ७ गते बिहान बस दुर्घटना भएको थियो । दुर्घटनामा बालकका आमाबुवासहित १२ जना घाइते हुनुभएको थियो । बालक नदीमा बेपत्ता भएका थिए ।