• ३ साउन २०८१, बिहिबार

राष्ट्रपतिद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

blog

तस्विरः राष्ट्रपति कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (५ जुन) २०२२ को अवसरमा आज दिउँसो राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलको विरुवा रोप्नुभएको छ ।  

राष्ट्रपति कार्यालयका अनुसार हरेक वर्ष यस दिवसको दिन राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ ।