• १४ वैशाख २०८१, शुक्रबार

सुन्दरताका लागि ‘हाइड्राफेसियल’

blog

काठमाडौं, जेठ २२ गते। अनुहारको छालालाई चमक र सुन्दर बनाउन गरिने उपचारमध्ये एक हो ‘हाइड्राफेसियल। यो अनुहारमा गरिने नयाँ प्रविधिको फेसियल हो। हाइड्राफेसियललाई छालालाई स्वस्थ राख्न गरिने फेसियलको रुपमा पनि चिनिन्छ। 

अनुहारमा चमक ल्याउनका लागि सबैले अनेकौं उपाय अपनाउने गर्छन्। तर, यससँगै मेसिनको प्रयोगले गरिने एडभान्स फेसियल हाइड्राफेसियल हो। पछिल्लो समय हाइड्राफेसियल महिला र पुरुष दुवैको रोजाइमा पर्छ। हाइड्रा अर्थात् पानी र फेसियल भन्ने बित्तिकै अनुहारलाई स्वास्थ्य राख्नका लागि गरिने उपचार हो। छालाको प्रकार अनुसार यसमा नदेखिने प्वाल बनाएर औषधि छालाभित्र पठाउन सकिन्छ।

हाइड्राफेसियल गर्दा प्रयोग हुने हाइड्रा–सक्सन मेसिनले अनुहारको डेड सेल निकालिन्छ। साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको हुन्छ। जसले छालाको फोहोर निकाली चम्किलो बनाउने काम गर्छ। हामीले जुन दिनहुँ मुख धुने, व्यायाम गर्ने गर्दा अनुहारमा फरक देखिन थाल्छ, त्यो हाइड्रा फेसियलले एकैछिनमा गरिदिन्छ।

हाइड्राफेसियल महिनामा एक पटक गर्न सकिन्छ। तर, कसैको छालामा धेरै नै समस्या छ भने दुई हप्ताको फरकमा पनि गर्न सकिन्छ। अनुहारमा चमक ल्याउन गरिएको हाइड्राफेसियल हो भने तुरुन्तै प्रभाव देखिन्छ। यसका पनि विभिन्न चरण र प्रक्रिया हुन्छन्।

चाउरीपन, पोर्स, कालो दाग धब्बा हटाउन तीन देखि चार पटक हाइड्रा फेसियल गरेपछि प्रभाव देखिन थाल्छ। हाइड्राफेसियल गर्नका लागि खासै उमेर समूह हुँदैन। यो जुनसुकै व्यक्तिले पनि गर्न सकिने फेसियल हो। यो फेसियलमा भिटामिनको प्रयोग हुन्छ। यसका कुनै केमिकलको प्रयोग हुँदैन र कुनै एलर्जी पनि हुँदैन। 

छाला रोग विशेषज्ञ डा. राजन तझ्यासँग सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीः