काठमाडौँ, चैत ३ गते । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।
गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी दुई हजार ५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस