• ९ फागुन २०८१, शुक्रबार

रामकुमार बाघचाल च्याम्पियन

blog

बाघचाल उपाधि विजेता रामकुमार श्रेष्ठ । तस्बिर : गोरखापत्र

हरिप्रसाद कोइराला 

उर्लाबारी,फागुन ७ गते । लेटाङ–४ का रामकुमार श्रेष्ठ बाघचाल च्याम्पियन हुनु भएको छ । लेटाङ नगरपालिकाले मोरङमै पहिलो पटक आयोजना गरिएको नगरस्तरीय खुला बाघचाल प्रतियोगितामा २१ जना खेलाडीलाई पछि पार्दै श्रेष्ठ च्याम्पियन बन्नु भएको हो । 

लेटाङ–५ का चन्द्रकुमार श्रेष्ठलाई सोझो सेटमा २–० को जित निकाल्नु भएका श्रेष्ठले उपाधिसँगै आठ हजार रुपियाँ पुरस्कार पाउनुभयो । यस्तै उपविजेता चन्द्रकुमार श्रेष्ठले पाँच हजार र प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । यस्तै प्रतियोगितामा लेटाङ ३ का ७७ वर्षीय पर्वतमान राई तेस्रो हुनभयो । 

लेटाङ–४ का ९१ वर्षीय दुर्गाबहादुर श्रेष्ठ चौथो हुनुभयो । तेस्रो हुनु भएका राईले ३ हजार रुपियाँ  र प्रमाणपत्र पाउनु हुनेछ । खेलाडीलाई क्षमता प्रदर्शन र नयाँ खेलाडीको खोजि गर्ने उदेश्यले लेटाङ नगरपालिकाले फागुन ३ गते देखि विभिन्न ९ वटा खेलको नगर स्तरीय प्रतिस्पर्धा गराएको थियो । बाघचाल खेलमा २२ वर्ष देखि ९१ वर्षसम्मका खेलाडीले भाग लिएका थिए ।