काठमाडौँ, फागुन ४ गते । नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते भक्तपुरको मध्यपुर मैदानमा राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने भएको छ ।
च्याम्पियनसिपमा ६ वटा प्रदेश र दुई वटा क्लब गरी आठ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लिग कम नकआउट आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
लिग चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियनसिपको विजेता टिमले ५० हजार र उपविजेताले ३० हजार रुपियाँ पुरस्कार पाउने छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।