• २४ माघ २०८१, बिहिबार

हन्टरको पोस्टर सार्वजनिक

blog

काठमाडौँ, माघ २४ गते । चलचित्र ‘हन्टर’ को मुख्य पात्रको लुक्स बुधबार सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उहाँको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिनुभएको छ । उहाँको अनुहारमा रगत लतपतिएको छ । 

जीवन सिंहको निर्देशन रहने चलचित्रलाई क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण गरिएको हो । चलचित्रले सुदूरपश्चिमको कथा भन्ने छ ।