काठमाडौँ (गोरखापत्र), माघ २० गते । गायक साइराज खातीले नयाँ गीत ‘मेटु भन्छु केरकार पारी’ सार्वजनिक भएको छ । सुरेन्द्र दियालीको आवाज रहेको गीतमा सुवास भुषालले सङ्गीत दिनुभएको छ । देशमा बढ्दो रोजगारीका कारण प्रेम र सम्बन्ध क्रमशः चिसिँदै यथार्थलाई दृश्य गीतमा कथामार्फत भन्न खोजिएको छ ।
गीतमा नायिका अञ्जना बराइली र सुरेन्द्र दियालीको अभिनय देख्न सकिन्छ । विशाल थापाको छायाङ्कन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गर्नुभएको हो । गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।