• १९ माघ २०८१, शनिबार

‘मनमा अनौठो’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १९ गते  । चलचित्र होस्टेल–३ को गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त देखिनुभएको छ ।

गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलले आवाज दिनुभएको छ । गीतले किशोरकिशोरीको प्रेमलाई झल्काउँछ । 

‘होस्टेल–३’ चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गर्नुभएको हो भने लेखन माधव शर्माको रहेको छ । चलचित्र कलेज जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणमा केन्द्रित छ । चलचित्रमा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ र आशिष पुरुषलगायतका कलाकारको अभिनय छ ।