गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १८ गते । गायक दीपक वज्राचार्यको रिदम ब्यान्ड, कुटुम्ब ब्यान्ड र गायिका तृष्णा गुरुङले भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङमा साङ्गीतिक प्रस्तुति दिएका छन् । गायक वज्राचार्यको कन्सर्टमा अहिलेसम्मकै धेरै दर्शक सहभागी भएको आयोजकले जनाएको छ । गायक वज्राचार्य र उहाँको समुूले करिब दुई घण्टासम्म आफ्ना नयाँ र पुरानो गीत गाएका थिए । पश्चिम बङ्गालका नेपालीभाषी क्षेत्रमा सन् १९९१ देखि अहिलेसम्म गायक वज्राचार्यले करिब १५ पटक साङ्गीतिक प्रस्तुति दिइसक्नुभएको छ ।