• ८ माघ २०८१, मङ्गलबार

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै आयोगका अध्यक्ष रामबहादुर थापामगर । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, माघ ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मङ्गलबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

राष्ट्रपतिसमक्ष आयोगका अध्यक्ष थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।