• ४ जेठ २०८१, शुक्रबार

पैँतीस वर्षमै नगरप्रमुख

blog

बाँके समाचारदाता

बाँके, जेठ ९ गते । बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको हो  ।

विजयी भएका नगरपालिका प्रमुखहरूमध्ये उहाँ सबैभन्दा कान्छो हुनुहुन्छ।नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २०५ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९ हजार ७२५ मत पाउनुभयो । उपप्रमुखमा कांग्रेसकै सङ्गीता सुवेदी १४ हजार ७३  मत प्राप्त गरी विजयी हुनुभएको छ। एमालेका अस्मिता कुमारी थारूले १३ हजार ५१७ र नेकपा (एकीकृत समाजवादी)का नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गर्नुभएको छ ।

कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरप्रमुख हुनुहुन्थ्यो । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।

एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गर्नुभएको हो । नगरप्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 “सबै पक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,” प्रमुख आचार्यले भन्नुभयो,– “योजनाबद्ध विकास गरे कोहलपुरलाई नमुना योग्य बनाउनेछौँ ।