• ७ जेठ २०८१, सोमबार

कपिलवस्तुको मायादेवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

blog

नारद कोहार
तौलिहवा, जेठ ५ गते ।
कपिलवस्तुको मायादेवी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा कांग्रेसका वलिउद्दिन मुसलमान र उपाध्यक्षमा सरस्वती यादव निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा कांग्रेसका मुसलमानले जनता समाजवादी पार्टी नेपालका बजरंगी चौधरीलाई ३९८ मतान्तरले पराजित गरी निर्वाचित हुनुभएको हो । मुसलमानले पाँच हजार २७८ मत ल्याउँदा चौधरीले चार हजार ८८० मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा निर्वाचित यादवले पाँच हजार ३७ मत प्राप्त गर्दा जसपाकी रश्मी सुधा त्रिपाठीले चार हजार ५७८ पाएकी हुन् । यादवले त्रिपाठीलाई ४५९ मतान्तरले पराजित गरी विजयी भएकी छन् । गाउँपालिका अध्यक्षमा पराजित भएका चौधरी २०७४ सालको निर्वाचनमा तत्कालीन फोरम नेपालबाट अध्यक्षमा निर्वाचित भएका थिए । आठवटा वडा रहेको मायादेवी गाँउपालिकामा जसपाले चार, माओवादीले तीन र कांग्रेसले एक वडाध्यक्ष जितेको छ ।