• ११ पुस २०८१, बिहिबार

भजन कीर्तन संरक्षणका लागि समिति गठन

blog

तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर २० गते । गुल्मीको एक स्थानीय तहले भजन कीर्तनको संरक्षणसँगै प्रवर्द्धन गर्ने उद्देश्यले समिति गठन गरेको छ । यस जिल्लाको छत्रकोट गाउँपालिकामा बुधबार गाउँपालिकाभित्र रहेका भजन मण्डलीहरुको भेला आयोजना गरी पालिकास्तरीय भजन कीर्तन संरक्षण तथा प्रवर्द्धन समिति गठन गरिएको हो ।

भजन कीर्तनमा क्रियाशील व्यक्तिहरुलाई गाउँपालिकामा भेला गराइएको हो । भेलाले हुमनाथ पन्थको अध्यक्षतामा १३ सदस्यीय छत्रकोट गाउँपालिकास्तरीय भजन कीर्तन संरक्षण तथा प्रवर्द्धन समिति छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उपाध्यक्षमा छविलाल सुवेदी, सचिवमा हिमाल पन्थ, कोषाध्यक्षमा सीता गाहा, सहसचिवमा तिलकराम घिमिरे रहनुभएको छ । सदस्यहरुमा गिरिप्रसाद न्यौपाने, वैकुण्ठप्रसाद पन्थ, दोमकान्त सुवेदी, कृष्ण पन्थ, सीता अर्याल, पुष्पा रजाली, रोशन सुवेदी र टोपलाल सुवेदी रहनुभएको छ ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष पाण्डेले छत्रकोटको मौलिक संस्कृतिको रुपमा रहेको भजन कीर्तनको संरक्षण र सम्बर्द्धनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले लोक संस्कृतिको संरक्षण र विकासमा गाउँपालिका सधैँ तयार रहेको बताउनुभयो ।