फूल फुल्यो मखमली रमाइलो भयो
शरद् ऋतु आकाशमा निलो रङ्ग छायो
आकाशका ताराहरू टिलपिल गरी रह्यो
पुराना ती स्मृतिहरू मनभित्र फुल्यो ।
मायाप्रिती गाँस्नेहरू जहाँतहीँ घुमे
आँखा आँखा जुधाएर मुस्कुराइरहे
शरद् हाँस्यो प्रकृतिमा फूलहरू फुले
माया साट्ने प्रेमीहरू आपसमै भुले ।
झिमझिम गर्ने परेलीमा कस्तो दिव्य जादु
के के भयो के के भयो मुटु मुटु साटुँ
उनले हाँस्ने अधरमा गुलाफी छ फूल
उनका ठुला नयनमा मायाको छ मूल ।