• १२ साउन २०८१, शनिबार

अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

blog

अजयमेरु गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष भट्ट र उपाध्यक्ष पाल । तस्बिरः सामाजिक सञ्जाल ।

पुष्कर भण्डारी

डडेल्धुरा, जेठ ३ गते । अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बसन्ती पाल  विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार पदम पाललाई पराजित गर्दै भट्ट विजयी हुनुभयो भने माओवादी केन्द्रका उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी हुनुभएको हो । अध्यक्ष भट्ट दोस्रो कार्यकाल दोहरिनुभयो भने उपाध्यक्ष भाण भने यस पटक दोहरिन सक्नुभएन । 

अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जानकारी दिएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका पदम पालले २२९७ पालले मत प्राप्त गरेका थिए । उहाँहरु बीचको मतान्तर १७२ रहेको थियो ।

यस्तै, नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत प्राप्त गर्नु भएको थियो । 

उपाध्यक्षमा काँग्रेसका पालले २५६५ मत प्राप्त गरिन भने उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार भाणले २३०९ मत प्राप्त गर्नुभयो ।