• २० वैशाख २०८१, बिहिबार

झापाको कमल गाउँपालिका–३ मा एमाले प्यानल विजयी

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ १ गते ।
झापाको कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार अग्निप्रसाद कोइरालासहित प्यानल नै निर्वाचित भएको छ । कोइरालाले एक हजार ७३९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकट्तम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका काँग्रेसका गौरीमान फागोले एक हजार ४२८ मत प्राप्त गर्नुभएको छ । सदस्यमा एमालेका एंगल गुरुङ, सन्तकुमार मगर, महिला सदस्यमा भगवति राई र दलित महिला सदस्यमा केसरा नेपाली बर्देवा विजयी बन्नुभएको छ ।

वडा नं. १ मा गठबन्धनबाट उम्मेदवार बन्नुभएका केदार कट्वाल र वडा नं. २ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अशोक सुब्बाले जित हासिल गर्नुभएको छ ।