• १३ वैशाख २०८१, बिहिबार

लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान मञ्च नेपालले जित हासिल गरेको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका पूर्णकुमार ताम्लिङ विजयी हुनुभएको हो ।

ताम्लिङले ३७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनकुमार लिङ्देनले ३१४ मत ल्याउनुभएको छ । एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका ज्ञानेन्द्रकुमार पन्दाकले २२४ मत मात्र पाउनुभएको छ ।