• ११ पुस २०८१, बिहिबार

उपचारको खोजीमा नाबालक

blog

छिन्चु समाचारदाता

सुर्खेत, कात्तिक २५ गते । आर्थिक अभावले सुर्खेतमा एक बालकको उपचारमा समस्या भएको छ । दैलेखको ठाँटीकाँध गाउँपालिका–३, विशाला घर भई हाल वीरेन्द्रनगर–४, कालागाउँ बस्ने हृदेशकुमार शाहीका डेढ वर्षीय छोरा नेसन शाहीको मृगौलामा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको हो । जन्मेको १५ दिनदेखि पोस्टेटको बिरामीले थलिएका बालकको अहिले मर्गौलामा समस्या आएपछि उपचारमा समस्या भएको हो ।

उहाँका ठुलो बुवा नरेन्द्र शाहीका अनुसार पोस्टेटकै कारण नेसनको एउटा मर्गौला ड्यामेज भइसकेको छ भने अर्कोमा सुन्निने समस्या देखा परेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका बालकलाई अस्पतालले भारतको नयाँ दिल्ली लैजान सुझाएको तर आर्थिक अभावका कारण लैजान नसकिएको शाहीले बताउनुभयो ।

थप उपचारका लागि तीनदेखि चार लाख भारतीय रुपियाँ लाग्ने भनेपछि समस्या भएको शाहीले बताउनुभयो । पोस्टेटको उपचार गर्न भारतको लखनउदेखि काठमाडौँ पु¥याएर २० लाखभन्दा बढी खर्च गरेर निको भए पनि अहिले मृगौलामा आएको समस्याको उपचार गर्न सकस भएको भन्दै परिवारले दाता गुहारेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका बालकका बुवा हृदेश दुई वर्षदेखि घरखेत बेचेर छोराको उपचार सम्भव नभएपछि अहिले मानसिक समस्यामा परेर भारतमा सम्पर्कविहीन रहेको परिवार स्रोतको भनाइ छ । बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका ठुलो बुवा नरेन्द्र शाहीको मोबाइल नम्बर ९८४३६५८०५५ मा सम्पर्क गर्न सकिने छ ।