• ११ वैशाख २०८१, मङ्गलबार

सत्यवतीमा नेकपा एमालेका टीकाराम पाण्डे विजयी

blog

तिलाचन पाण्डे

तम्घास, जेठ २ गते । गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमालेका टीकाराम पाण्डे विजयी हुनुभएको छ ।  पाण्डेले ६ हजार २६७ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पारीश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गर्नुभएको हो ।

यस्तै, उपाध्यक्षमा निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याउनुभएको हो ।