• १६ चैत २०८०, शुक्रबार

२४ घण्टामा थप सात जनामा कोरोना पुष्टि

blog

काठमाडौं, जेठ १ गते । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ९२ जनाको पीसीआर परीक्षण गर्दा सात  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ९६ जनाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमणदर शून्य छ ।

२४ घण्टामा १५ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । हाल मुलुकमा सक्रिय सङ्क्रमित १४२ जना छन्।