• ७ वैशाख २०८१, शुक्रबार

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता

blog

वीरगञ्ज,  जेठ १ गते । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता  दिनुभएको छ । 

उहाँका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले  ६५९ मत प्राप्त भएको छ ।  हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी  छ  ।  हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ  ।  मतणना गर्न लामो समय लाग्ने  भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ । 

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा कूल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।