• १६ चैत २०८०, शुक्रबार

डडेलधुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

दुर्घटनामा परेको जिप र मोटरसाइकल। तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी
डडेलधुरा, वैशाख ३१ गते।
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। भिमदत्त राजमार्ग अन्तरगत डडेलधुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको घटनास्थलमै मृत्यु भएको हो।

 दुर्घटनामा परेर डोटीको आदर्श गाउँपालिका-३ घर भएका २५ वर्षीय चक्र भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ। मोटरसाइकल चालकलाई रहेका सोही ठाउँका ३१ वर्षीय भीमबहादुर घाइते भएका छन्। 

दिपायलबाट धनगढी गइरहेको सु प प्र ०१ ००९ प १४५४ मोटरसाइकल दुर्घटना भएको हो। विपरित दिशाबाट आइरहेको सु प प्र ०१ ००१ ज २२२९ नम्बरको जिप नालीमा खसेको छ। 

मृतक र घाइतेको परिचय खुल्न सकेको छैन। अहिले शव र घाइतेलाई डडेलधुरा अस्पताल पुर्याएको प्रहरीले जानकारी दिए।