• ३० असोज २०८१, बुधबार

राष्ट्रिय वाणिज्य बैङ्कको ‘किसान सरल कर्जा’ प्रोडक्ट सुरु

blog

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ।

काठमाडौँ, असोज ३० गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट सुरु गरेको छ । बैङ्कले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपियाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैङ्क कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको सुरु गरेको हो । 

यसमा दश लाख रकमभित्र एक लाख रुपियाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिनेछ । यस्तै, कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैङ्कले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने राष्ट्रिय वाणिज्य बैङ्कले जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैङ्कले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिने छ । कर्जाको बिमा गरिने छ । बैङ्कको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट किसान सरल कर्जा प्रदान गरिने छ ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्सटेन्सन काउन्टर, क्युआर कोर्ड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग ९डिजिटल संसार० तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैङ्किङ सेवाहरू समेत सञ्चालनमा छन् ।