• १५ वैशाख २०८१, शनिबार

मतदाता बोकेको जीप दुर्घटना एकै गाउँका १४ जनाको मृत्यु

blog

अर्जुन काफ्ले/राधाकृष्ण डुम्रे 

स्याङ्जा (वालिङ), वैशाख ३० गते। वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। 

वालिङ १४ को सिख्रेबाट तिवारी पसलतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भएर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो। 

दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, टेककला कुँवर, डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, २५ वर्षीया जमुना कुँवरको मत्यु भएको छ। 

त्यसैगरी दुर्घटनामा ७० वर्षीया भीमकला कुँवर, मुवाकुमारी कुँवर, ४३ वर्षीया  पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीय ज्ञानदली कुँवर, ५० वर्षीय मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा वालिङ १४ पञ्चमुल अर्खलबासका बेलमाया कुँवर, चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवरको अवस्था गम्भीर छ। गम्भीर घाइते सबैको गण्डकी मेडिकल कलेज पोखरा उपचार भइराखेको छ। 

तिवारी पसलमा रहेको मतदान केन्द्रमा मतदान गर्न जाँदै गरेका मतदाता बोकेको जिप दुर्घटना भएको हो। जिप सडकबाट पाँच सय मिटर तल पुगेको छ।