• १२ असार २०८१, बुधबार

विराटनगरमा नेता तथा उम्मेदवारबाट मतदान

blog

आदर्श मावि विराटनगर मतदान केन्द्रबाट मतदान गर्नुहुन्दै नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला । तस्विरः नवराज कट्टेल

विराटनगर, बैशाख ३० गते । विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्ने क्रम जारी छ । 

हालसम्म विराटनगरमा सत्तागठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला, एमालेबाट मेयरका उम्मेदवार सागर थापा र स्वतन्त्रतर्फका मेयरका उमेदवार उमेश यादवले मतदान गर्नु भएको छ । कोइरालाले सरस्वती मावि, थापाले कन्चरबारी र यादवले स्नातकोत्तर क्याम्पस केन्द्रबाट मतदान गर्नु भएको हो । 

यसैगरी पार्टीका केन्द्रीय नेताहरु नेपाली काँग्रेसका डा.शेखर कोइरालाले आदर्श मावि विराटनगरमा मतदान गर्नु भएको छ । एमालेका नेता लालबाबु पण्डितले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट मतदान गर्नु भएको छ । 

Author

नवराज कट्टेल