• १२ असार २०८१, बुधबार

हुम्लामा झडप हुँदा मतदान अधिकृत सहित तीन जना घाइते

blog

हुुम्ला, वैशाख ३० गते । जिल्लाकाे चंखेली गाउँपालिका– २ को महादेव मावि मतदान केन्द्रमा गठबन्धन दल पक्ष  र अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षविच झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य सहित तीन जना घाइते हुनुभएको छ । 

सामान्य विवादपछि झडपले उग्र रुप लिएपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाईफायर समेत गरेको छ । झडपमा मतदान केन्द्रमा खटिएका कर्मचारी काला रोकाय, स्थानीयबासी लिला शाही घाइते हुनु भएको छ । घाइतको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । 

घटनापछि केही समयका लागि मतदान कार्य स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनुभयो । 



Author

राजन रावत