• ५ जेठ २०८१, शनिबार

चार वटा मतदान केन्द्रमा मतदान कार्य सुुरु भएन

blog

हुुम्ला, वैशाख ३० गते । शुक्रवार बिहान सात बजेबाट सुुरु हुनुपर्ने मतदान कार्य सुुरु हुन सकेको छैन । बिहानैबाट वर्षा भएको कारण ती मतदान केन्द्रमा मतदान कार्य सुुरु नभएको हो । 

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्लाका ५४ मध्य चार वटा मतदान केन्द्रमा अहिलेसम्म मतदान कार्य सुुरु हुन नसकेको बताउनुुभयो । उहाँले यसरी मतदान कार्य सुुरु हुन नसक्नुुको कारण बिहानैबाट वर्षा भएको कारण मतदाता नआउनुु रहेको बताउनुुभयो । 

अहिलेसम्म मतदान कार्य सुुरु नभएका मतदान केन्द्रमा सर्केगार्ड गाउँपालिका– ५ को धुमचुमी मावि मतदान केन्द्र र स्वयम्भुआवि मतदान केन्द्र रहेका छन् भने चंखेली गाउँपालिका– ५ कै डाँफे मावि मतदान केन्द्र रहेका छन् भने नाम्खा गाउँपालिका– ४ को महाबाैद्ध मावि मतदान केन्द्रमा भने मतदाताकै सल्लाह अनुुसार खाना खाएर मतदान कार्य सुुरु हुने भएको छ । 

५० वटा मतदान केन्द्रमा भने बिहान सात वजेबाट सुुरु भएर मतदान कार्य भइरहेको छ ।  मतदान कार्य सुुरु भएका मतदान केन्द्रमा बिहानबाटै मतदानका लागि मतदाताको उत्साहजनक उपस्थिती रहेको पाईएको छ । केही मतदान केन्द्रमा बिहान सात बजेटबाट मतदान सुुरु भए पनि २५ भन्दा बढी मतदान केन्द्रमा भने सात बजेपछि मतदान सुुरु भएको हो । 


Author

राजन रावत