• ३ असार २०८१, सोमबार

काठमाडौँ महानगरको मतगणना राष्ट्रिय सभा गृहमा

blog

तार जाली राखेर बनाइएको मतगणना स्थल ।

काठमाडौं, वैशाख २९ गते । काठमाडौं महानगरको मत गणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । 

काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौँका अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालयमा गणना हुनेछ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणनास्थलमा जाली लगाइएको छ । यसैगरी मतगणनाका लागि कर्मचारी खटाइएको छ । 

काठमाडौँ महानगरमा मतदान प्रक्रियापछि मतपेटिका राष्ट्रिय सभा गृहमा ल्याइनेछ । सबै मतपेटीका आइसकेपछि सर्वदलीय बैठक बस्नेछ । त्यस बैठकले मतगणनाका विषयमा निर्णय गर्नेछ । खतिवडा भन्नुहुन्छ, ‘हामीले एक पटकमा ५ वटा वडाको गणना गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय सभा गृहको मतगणना परिणामलाई सार्वजनिक गर्न काठमाडौँ महानगरपालिकाले प्रवेशद्वारमा डिजिटल बोर्ड राखिएको छ । यसैगरी आमसञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।