• २ माघ २०८१, बुधबार

दसैँ तिहार पुस्तक मेला सुरु

blog

वसन्त पराजुली 

नारायणगढ, भदौ २३ गते । चितवन र वरपरका क्षेत्रमा पठन संस्कृति अभियान चलाइरहेका सम्पूर्ण किताब नारायणगढले दसैँ तिहार पुस्तक मेला सुरु गरेको छ । सातौँ वार्षिक उत्सव समारोहमा आयोजित कार्यक्रमकाबिच कविवर गोविन्दराज विनोदीले पुस्तक मेलाको उद्घाटन गर्नुभएको हो ।  

मेलामा स्वदेश तथा विदेशी लेखकका कृतिहरू प्रदर्शनीमा राखिएको छ । सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले पठन संस्कृति अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको बताउनुभयो । 

मेलाका अवसरमा पुस्तक खरिद गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था पनि गरिएको छ । यस्तै, वार्षिक उत्सवकै अवसर पारेर नारायणगढ जेसिस र एक्सपोर्ट एजुकेसन सेन्टरलाई पनि सम्पूर्णले सम्मान गरेको छ । हरेक वर्षझैँ यो वर्ष पनि सम्पूर्ण किताबले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । 

कविलास माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।