काठमाडौँ, वैशाख २५ गते। निर्देशक कुशल श्रेष्ठ आफ्नै छायांकन र सम्पादनमा तयार भएको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ मा गीतकार गीता गिरीको शब्द समेटिएको हो। विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ।
हेयर स्टाइलिस्टसमेत रहनुभएका राई अभिनयमा विशेष रुची राख्नुहुन्छ। मोरगंका राई ६ वर्षदेखि बेलायतमा बस्दै आउनुभएको छ। त्यस्तै मोडल सृजना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, तिम्रो छाती भित्र मुटु चल्छ मेरो लगायतका आधा दर्जन भिडियोमा बेलायत पुगेपछि अभिनय गरिसक्नुभएको छ।
रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव सृजनासँग छ। त्यस्तै गीतकार गिरीको यस अगाडि एलिना चौहानको स्वर रहेको हेरु हेरु लाग्छ, रामकृष्ण ढकालको ‘ए पहरी फूल’ बजारमा ल्याइसक्नुभएको छ।

Gorkhapatra...