• २३ पुस २०८१, मङ्गलबार

झापाका नाकामा उच्च सर्तकता

blog

दमक, वैशाख २५ गते । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशासनले झापाको सिमा क्षेत्रमा उच्च सर्तकता अपनाउन शुरु गरेको छ । निर्वाचनको समयमा हुनसक्ने घुसपैठ तथा अपराधिक कृयाकलाप नियण्त्रणका लागि सिमा क्षेत्रमा विशेष शर्तकता अपनाईएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

यसैबीच भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु तीन दिनसम्म पुर्ण रुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमा नाँका पुर्ण रुपमा सिल गरिने छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको हो, प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । जिल्लामा निर्वाचन लक्षित सुरक्षा रणनीति अनुसार सुरक्षाको भरपर्दो ब्यवस्थापन गरिएको पनि उहाँले बताउनु भएको छ ।

Author

विष्णुप्रसाद पोखरेल