• १२ वैशाख २०८१, बुधबार

काँग्रेसको सङ्कल्पपत्रमा पचास हजारलाई रोजगारी

blog

नेपाली काँग्रेस गण्डकी प्रदेशले चुनावी सङ्कल्पपत्र सार्वजनिक गर्दै। तस्बिर : सन्तोष सुवेदी

कास्की, वैशाख २५ गते  । नेपाली काँग्रेस गण्डकी प्रदेशले स्थानीय तहको चुनावलाई लक्षित गरी ३० बुँदे सङ्कल्पपत्र सार्वजनिक गरेको छ। काँग्रेसबाट चुनिएका जनप्रतिनिधिले स्थानीय तहमा गर्नुपर्ने काम भन्दै काँग्रेस गण्डकी प्रदेशले सङ्कल्प प्रस्ताव सार्वजनिक गरेको हो। प्रस्तावमा प्रत्येक वर्ष ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय तीन हजार डलर पु-याउने लक्ष्य लिएको उल्लेख छ।

काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठलगायतले प्रस्ताव सार्वजनिक गर्नुभएको हो। गण्डकी सभापति शर्माले प्रदेशलाई कस्तो बनाउने भन्ने दस्तावेजमा उल्लेख भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसलाई पूरा गर्न गण्डकी प्रदेशका जनप्रतिनिधि कटिबद्ध भएर लाग्नेछन्।”

उहाँले आगामी दिनमा सङ्कल्पपत्रले गण्डकी सरकारले गर्ने कामको प्रतिनिधित्व गर्ने सुनाउनुभयो । गण्डकी प्रदेशमा ‘एक वडा, एक शिशु स्याहार केन्द्र’ स्थापना गर्ने सङ्कल्प गरिएको छ। सङ्कल्पपत्रमा लेखिएको छ, “सबै स्थानीय तहमा कम्तीमा २५ श-याको अस्पताल बनाइनेछ। जिल्ला अस्पताललाई स्तरोन्नति गरी आवश्यकताअनुसार सय श-यासम्मको बनाइनेछ।” 

गठबन्धनले गर्दा सोचेबमोजिम महिलालाई नेतृत्वमा उठाउन नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “गठबन्धनको कारण महिला पछाडि परेजस्तो भएको छ। अब पाँच वर्षभित्र हुने सबै चुनावमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्छौं। पालिकाबाट हुने नियुक्तिदेखि सुविधासम्ममा महिलालाई प्राथमिकता दिइनेछ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्कल्प प्रस्तावको आधारमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गण्डकी प्रदेशमा काँग्रेस सरकारको बाटो कस्तो हुन्छ भन्ने कुरा यो सङ्कल्पपत्रले समेटेको छ। यसैअनुसार हाम्रा जनप्रतिनिधि र गण्डकी प्रदेश सञ्चालन हुने छन्।”  स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतिशत पु-याइने उल्लेख भएको बताउँदै उहाँले स्थानीय तहमा महिला नेतृत्व ३३ प्रतशित पु-याइने र महिलाले लिने सेवामा प्रदेशले लगाउने शुल्क तथा करमा २५ प्रतिशत छुट दिइने बताउनुभयो।

काँग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकोत्वमा गठित समितिले सङ्कल्पपत्र तयार गरेको हो। पाँच वर्षमा पूरा गर्ने गरी १० वटा प्रतिबद्धता उल्लेख छन्। प्रदेशलाई पूर्ण साक्षर बनाउने, नैतिक शिक्षाको पाठ्यक्रम बनाएर लागू गर्ने, प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय र पुस्तकालय खोल्ने, प्रत्येक जिल्लामा कम्तीमा २५ श-याको अस्पताल निर्माण गर्ने र जिल्लामा सय श-याको अस्पताल बनाउने घोषणामा उल्लेख गरिएको छ। 

आगमी पाँच वर्षभित्र प्रदेशमा १० लाख विदेशी पर्यटक भित्र्याउने, विद्युत् उत्पादन चार हजार मेगावट पु-याउने, सबै घरमा गुणस्तरीय खानेपानी पु-याउने, इन्जिनियरिङ क्षेत्रलाई राष्ट्रनिर्माण अभियानमा जोड्ने, फाँटहरूमा बाह्रै महिना सिँचाइ पु-याउने, बहुसांस्कृतिक केन्द्रका रूपमा प्रदेशलाई विकास गराउने सङ्कल्पपत्रमा समावेश गरिएको छ। 





Author

सन्तोष सुवेदी